आज काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै न्यून बिन्दुमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान काठमाडौंको तापक्रम एक डिग्री सेल्सियस मापन गरेको छ। तापक्रम घटेसँगै उपत्यकामा निकै चिसो बढेको छ। हिजो (बुधबार) बिहान काठमाडौंको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएका थियो।
एक दिनकै अन्तरमा तापक्रम झण्डै २ डिग्रीले घटेको हो। देशका अन्य भूभागमा पनि तापक्रम घटेको छ। जुम्लामा माइनस ६ दशमलव ४ डिग्री, डडेल्धुरामा २ डिग्री, वीरेन्द्रनगरमा २ दशमलव ७ डिग्री र ताप्लेजुङमा ४ दशमलव ४ डिग्री तापक्रम मापन गरिएको छ। चिसो बढेसँगै तराईका जिल्लाहरुमा शीतलहर छाएको छ।
देशका प्रमुख उपत्यका तथा नदीकिनारहरु हुस्सु र कुहिरोमा ढाकिएका छन्। सरकारले चिसोबाट बच्ने उपाय अवलम्बन गर्न नागरिकलाई आग्रह गरेको छ।