यी सात गाउँमा दश वर्षयता कुनै युवाको विवाह भएको छैन !

जीवन सुखमय तरिकाले चलाउन बिवाह गर्ने गरिन्छ। सबै देशमा आफ्नो तरिकाले विवाह धुमधाम गरेर मनाइन्छ । तर भारतको राजस्थानको सात गाँउमा दुई सय भन्दा बढी पुरुषहरु दुलही खोजीरहेका छन् । तर, पाइरहेका छैनन् । दुखको कुरो यहाँको पुरुषहरुको इच्छा हुँदाहुँदै पनि विवाह गर्न पाएका छैनन् । कारण थाहा पाउँदा तपाईलाई अचम्म लाग्नेछ ।

राजस्थानको सात गाउँमा करिब १० वर्ष यता विवाह नै भएको छैन । यो गाउँको ७३८६ हेक्टर जमीनमा सिंचाई गर्न ड्याम को निर्माण हुन लागेकाले यहाँका बासिन्दाहरुको पुर्नवासको टुङ्गो नलागेकोले आफ्ना छोरी चेलीहरुलाई विवाह गरेर दिन नखोजेकाले सबै युवाहरु उमेरचढ्दा पनि अविवाहित बस्नुपरेको हो ।



यी पीडा भोग्ने गाँउहरुमा सोहनापुर, सारनखेडी, रघुनाथपुरा, तालियाबरडी, दडिया, दुडकली, तमोलिया गाँउका युवाहरु रहेका छन्

सम्बन्धित समाचार