ग्रहण लाग्दा सूर्य देखियो ‘रिङ अफ फायर’ को रुपमा

सूर्यग्रहण एक खगोलीय प्रणाली हो, तर बिहीबारको खण्डग्रास सूर्यग्रहण विशेष रह्यो। यो ग्रहण विशेष बन्नुको कारण थियो, ग्रहणको क्रममा चन्द्रमा सूर्यको बिचमा परेर सूर्यको किनार मात्रै देखिनु अर्थात ‘रिङ अफ फायर’ बन्नु।

नेपालमा ग्रहणले बिहान ८ः४२ मा स्पर्श गरेर बिहान १०ः०१ बजे मध्य भइ ११ः३१ बजे समाप्त भयो । यो सन् २०१९ को अन्तिम सूर्यग्रहण हो । गएको जनवरी ६ र जुलाई २ मा सूर्य ग्रहण लागेको थियो।



यो सूर्य ग्रहण अरु ग्रहणको तुलनामा धेरै क्षेत्रबाट देखिने छ । नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, चीन, अस्ट्रेलियासहितका क्षेत्रबाट यो ग्रहण देखियो ।

सूर्य र पृथ्वीको बिचमा चन्द्रमा परेपछि सूर्य ग्रहण लाग्ने गर्छ । बिहीबार लाग्ने सूर्य ग्रहणको क्रममा सूर्य ‘रिङ्ग अफ फायर’ जस्तो देखिँदाको तस्बिरहरु फोटो पत्रकाले लिएका छन् ।

समाचार संस्था एएफपीबाट साभार गरिएका केही तस्बिरहरु यस्ता छन्ः

सम्बन्धित समाचार