कांग्रेस केन्द्रीय कार्य समिति आज, पौडेल पक्षले पुरानै मागहरु दोहोर्याउने

नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ । पार्टीमा प्रस्ताव गरिएका विभिन्न विभागहरुलाई पूर्णता दिन एवम् भ्रातृ संगठनहरुको तदर्थ समिति गठनका लागि आज बैठक बस्न लागेको हो । यसअघि हिजोको लागि तय भएको बैठक आज दिउँसो १ बजेका लागि सारिएको हो ।

गत मंसिर २६ गते सुरु भएको केन्द्रीय कार्य समिति बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पटकपटक बहिस्कार गरेपछि राम्रोसँग बस्न सकेको थिएन । बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेका विभागहरु, तिनलाई प्रदान गर्ने नेतृत्व, तरुण दलमा सदस्य मनोनित एवम् नेविसंघको तदर्थ समिति गठन लगायतका विषयमा पौडेल पक्षको असहमति छ ।



पौडेल पक्षले अब सिधै १४ औँ महाधिवेशनको तयारीमा लाग्नुपर्ने र सोही प्रस्ताव सभापतिले बैठकमा ल्याउनुपर्ने भन्दै बैठक बहिस्कार गर्दै आएको छ । आजको बैठकमा पनि पौडेल पक्षले आफ्ना पुरानै मागहरु दोहोर्याउने तयारी गरेको छ ।

सम्बन्धित समाचार