नवकान्तिपुर संवाददाता
काठमाडौं
चालु आर्थिक वर्ष सुरु भएको ५ महिनामा १ सय २६ वटा म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा श्रमिक आपूर्ति गर्न सकेका छैनन् ।
वैदेशिक रोजगार विभागमा ८ सय ५४ म्यानपावर कम्पनी दर्ता छन् । चालू आर्थिक वर्षको पाँच महिनाको विभागको तंथ्याक अनुसार १ सय २६ वटा म्यानपावरले वैदेशिक रोजगारीमा कामदार पठाउन सकेका छैनन् ।
वैदेशिक रोजगारीमा कामदार पठाउन बैंक ग्यारेन्टी, धरौटी तथा कार्यालय सञ्चालन गरी करोडौं रुपैयाँ लगानी गरेपनि मंसिर महिनामा १ सय २६ भन्दा बढी म्यानपावर कम्पनीले एक जना पनि कामदार वैदेशिक रोजगारीमा पठाउन नसकेका हुन् । चालू आर्थिक वर्षका अन्य महिनाको तथ्यांक पनि मंसिर महिनाको भन्दा खासै फरक छैन ।
कात्तिक महिनामा १ सय ६१ म्यानपावर कम्पनीले एक जना पनि कामदार नपठाएको विभागको तंथ्याकमा छ । वैदेशिक रोजगार ऐन २०७५ मा दुईमा सय जना पनि कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपार बन्द हुने व्यवस्था छ ।
मंसिर महिनामा संस्थागत, रिईन्ट्री व्यक्तिगत तथा वैधानिकीकरण गरी ५६ हजार ८ सय १० नेपाली वैदेशिक रोजगारीमा विदेशिएका छन् । मंसिरमा रिईन्ट्री मार्फत २८ हजार ६ सय ३७ जना विदेशिएका छन् ।