यस्तो छ, आजको मौसम पूर्वानुमान

काठमाडौंसहित देशभर चिसो बढेको छ । आज काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको थियो ।हिजो शनिबार काठमाडौंको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस मापन गरिएको थियो ।

मौसम पूर्वानुमान महाशाखाले चिसो अझै बढ्न सक्ने अनुमान गर्दै चिसोबाट बच्न उचित सतर्कता अपनाउन आग्रह गरेको छ ।आज बिहानैदेखि चिसो हावा चलिरहेका कारण तुलनात्मक रुपमा बिहान बढी चिसो महशुस गरिएको महाशाखाले जनाएको छ ।



आज मौसमको कुनै पनि प्रणाली सक्रिय नभएका कारण देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखामा अनुसार तराईंका जिल्लामा बिहान लागेको हुस्सु दिउँसो क्रमसः फाटेर जाने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपात बाहेक देशभरको मौसम आज सफा रहने छ ।

सम्बन्धित समाचार