नेविसंघद्वारा त्रिवि उपकुलपति कार्यालयमा तोडफोड

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यकक्षमा तोडफोड गरेको छ।

रजिष्ट्रार नियुक्तिप्रति असन्तुष्ट रहेको नेविसंघले उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा आइतबार तोडफोड गरेको त्रिवि स्रोतले जनाएको छ।



राजनीतिक आधारमा असक्षमलाई रजिष्ट्रार नियुक्त गरेको भन्दै नेविसंघले उपकुलपति कार्यालय तोडफोड गरेका हुन्।

त्रिविक कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति बाँस्कोटाको सिफारिसमा शुक्रबार रजिष्ट्रारमा प्राडा पेशल दाहाललाई नियुक्त गरेका थिए।

सम्बन्धित समाचार