समाजवादी पार्टी नेपालका नेतृ एवं प्रतिनिधिसभा सदस्य सरिता गिरीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) लाई अस्वीकृत गर्न नमिल्ने बताएकी छिन् । नेतृ गिरीले सामाजिक सञ्जाल मार्फत एमसीसीलाई अस्वीकृत गरेर राणाकालिन शासनमा फर्कन खोजेको त होइन भन्दै प्रश्न गरेकी छिन् ।
‘के हामी एमसीसीलाई अस्वीकृत गरेर राणाकालीन शासनको अवस्थामा फर्कन खोजेका हौं रु’ उनले प्रश्न गरेकी छिन् । एमसीसीलाई अस्वीकृत गरेर निरंकुशतातार्फ अघि बढ्न नहुने उनको धारणा रहेको छ ।
अमेरिकी सरकारले करीब ६५ अर्ब रुपैयाँ अनुदान विद्युत प्रसारण लाइन र सडक निर्माणको लागि एमसीसीमार्फत अनुदान सहयोग दिने सम्बन्धी सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने प्रावधान रहेको छ । पछिल्लो केही साता यता एमसीसी सहयोगका विषयमा बहस चलिरहेको छ ।