नेपालको पहिलो निजी दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर बुझाएको छ ।
सर्वोच्च अदालतको आदेशअनुसार ठूला करदाता कार्यालयले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरेको थियो । सोही अनुसार ठुला करदाता कार्यालयले १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा पत्राचार गरि करको दायरामा आउनका लागि आग्रह गरेको थियो ।
हाल एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको छ । साथै बाँकी रहेको रकम भने एनसेलले आगामी ६ महिनाभित्र सबै कर तिर्ने गरी किस्ताबन्दी सुविधा माग गरेको छ । एनसेलको माग अनुसार समय दिने वा नदिने भन्ने कुराको निर्णय आउन बाँकि रहेको स्रोतले जनाएको छ ।