नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ पुस ।
‘मेरो शान मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षरण महाअभियान’ भन्ने मूल नाराको साथ आज राष्ट्रिय पोशाक दिवस मनाइँदै छ । यो दिवसको अवसरमा केही अभियन्ताहरू बिहीवार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म राष्ट्रिय पोशाकसँगै राष्ट्रिय झन्डा लिएर पोसाक जोगाउँ भन्दै र्याली गरेका छन् ।
नेपाली पोशाक संरक्षण गर्ने उद्देश्य सहित केही वर्ष यता पुस १७ गतेका दिन नेपाली पोशाक दिवस मनाउन थालिएको हो । सकारलाई राष्ट्रिय पोशाक घोषणा गर्न दवाबस्वरूप उनीहरूले अभियान्ताहरूले नेपाली पोशाक दिवस मनाउदै आइरहेका छन् ।
तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा राष्ट्रिय पोशाक दौरासुरुवाल, ढाका टोपी र गुन्यूचोलीलाई नेपालको राष्ट्रिय पोशाकबाट खारेज गरिएको थियो ।