भेडीले ब्रा लगाएपछि देख्नेहरु चकित !

यस्ता धेरै घटनाहरु छन् जुन घटना हामीलाई पत्याउनै गाह्रो पर्छ । यस्तै एउटा घटना न्युजिल्याण्डमा पनि भएको छ । भेडीले ब्रा लगाएको फोटो अहिले एकाएक सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यो फोटो सामाजिक सञ्जालमा देखेपछि मानिसहरु आश्चर्यमा परेका छन् । न्युजिल्याण्डको फ्रांकलिन भेट्स लाईफस्टाईल फर्ममा रहेको एउटा भेडीलाई ब्रा लगाइदिइएको छ ।



भेडीलाई ब्रा लगाइदिएपछि उक्त फर्मका मानिसले भेडाको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उक्त भेडीको नाम रोज रहेको छ । उसले केहि समय अगाडि मात्र एकैपटक ३ वटा बच्चालाई जन्म दिएको थियो ।

बच्चा जन्माउँदा भेडीको फाँचा भरिएर भारी भएकाले सस्पेन्सरी लिगामेन्टहरु भाँचिएका थिए । यो स्थितिमा फाँचाहरू निकै तल लत्रिएर भुइँमा झर्छन् । यसलाई तत्कालै उपचार नगरिएमा भेडीलाई मार्नुपर्ने हुन सक्छ । फेसबुक पोस्टमा यो कुरा स्वयम सञ्चालकले लेखेका छन् । डाक्टरले उपचारका लागि भन्दै भेडीलाई मेटर्निटी ब्रा दिइएको हो ।

सम्बन्धित समाचार