‘किसानको आँसु मिसिएको चिनीमा गुलियो होइन् अमिलो गन्ध आउछ’ (भिडीयाे सहित)

सेतो कपाल सेतै दाह्री, पुसको चिसो मौसम खाली खुट्टा भोको पेट उमेरले ६० कटेका रामविलास महत्तो हातमा ‘किसानको आँसु मिसिएको चिनीमा गुलियो होइन् अमिलो गन्ध आउछ’ लेखिएको पोस्टर समातेर न्यायका लागि माइतीघर मण्डलामा बसिरहेका छन् ।

‘म काठमाडौं आएको आज १६ दिन भयो । साथीहरूको कवाडमा बस्ने गरेकको छु । पुसको चिसो त्यसैमाथि भोकै बस्दा अहिले स्वास्थ्यमा समस्या आइरहेको छ’ उनले सुनाए । ‘आखाँ पोलिरहेकोले हेर्न गाह्रो भैरहेको छ, गोडा र ढाड दुखिरा’छ । काठमाडौं आउँदा साहुसँग चार हजार ऋण मागेर आएको थिएँ, त्यो पनि सद्धिसक्या, अब घर जाने पनि पैशा छैन्’ उनी गुनासो पोख्छन् ।



घरमा ११ जनाको परिवार छोडेर काठमाडौं आएका रामविलासलाई मधेसतिर यो समयमा शीतलहर हुने हुँदा घरपरिवारको चिन्ता पनि उस्तै छ । अन्नपूर्ण मिलसँग आफूले लिनुपर्ने तीनलाख रूपैयाँ नपाएको भन्दै उनी केही दिनदेखि माइतीघरमा धर्नामा बसेका छन् ।

धर्नामै बसिरहेका अर्का किसान राकेश मिश्र किसानहरूको यो लडाई सर्लाहीका किसानहरूको मात्र नभई मेचीदेखि महाकालीसम्मका सबै किसानहरू भएको बताउँछन् । ‘अब आफूहरूको बाँकी आन्दोलन के हुन्छ भन्ने कुरा सरकारको कदममा भर पर्छ’ भन्दै उनले थपे ‘सरकारले किसानहरूको यो समस्यालाई समाधान नगरेसम्म हामीहरू काठमाडौंबाट घर जादैनौं ।

विहीबार दिउँसो पानी परिरहेको समयमा पनि सर्लाहीका उखु किसानहरूले धर्ना दिइरहे । आफूहरूमाथि भएको अन्यायलाई सरकारले मुकर्दशक भएर हेरेको भन्दै किसानहरूले सरकारप्रति आक्रोश पोखे । धर्नामा बसिरहेका किसानहरूले कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसाल, उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र गृहमन्त्री रामबहादुर थापाले राजीनामा दिनुपर्ने भन्दै नाराबाजी गरेका थिए । साथै, उनीहरूले प्रधानमन्त्री केपीशर्मा ओलीलाई अस्वस्थ प्रधानमन्त्री भन्दै अस्वस्थ प्रधानमन्त्रीले देशलाई नै अस्वस्थ बनाउन खोजेको आरोपसमेत लगाएउन भ्याएका थिए ।

स्मरणीय छ– आफूहरूले उखु बिक्री गरेवापत चिनी मिलबाट भुक्तानी नपाएपछि सर्लाहीका उखु किसानहरू केही दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बस्दै आएका छन् ।

भिडीयाे :

https://www.facebook.com/nawakantipur.samachar/videos/184300622764797/?t=0

सम्बन्धित समाचार