उखु किसानको समस्या समाधान गर्न हामी प्रतिबद्ध छौं : मन्त्री भट्ट

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले किसानहरूका समस्या समाधान गर्न आफूले युद्ध स्तरमा काम गरिरहेको बताएका छन् । शुक्रवार रिपोर्टस क्लव नेपालमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले सो कुरा बताएका हुन् ।

मिल सञ्चालकहरूबाट उखु किसानहरूलाई यही पुस मसान्तभित्र ८० प्रतिशत र बाँकी २० प्रतिशत माघको पहिलो सातासम्म भुक्तानी गराइछाड्ने प्रतिबद्धता जनाउँदै मन्त्री भट्टले उखु किसानहरूको मागलाई सरकाले गम्भीरतापूर्वक लिएको बताए ।
मन्त्री भट्टले उखु किसानहरूका समस्याहरूको दीर्घकालीन समाधान गर्न आजै नै एउटा कार्यदल गठन गरी उक्त कार्यदलले बुझाएको प्रतिवेदन अनुसार आफूहरू अघि बढ्ने बताए ।



किसानहरूका समस्या समाधान गर्न मन्त्री भट्टले लिखित रूपमा नै प्रतिबद्धता जनाउने भएपछि आफूहरू अब घर फर्किने उखु किसान सङ्घर्ष समितिका संयोजक राकेश मिश्रले बताए । उनले भने ‘मन्त्रीज्युलाई किसानहरूका समस्या सुनाउदा उनका आखाँ रसाएका थिए । हामीलाई विश्वास थियो मन्त्रीज्युले हाम्रो समस्या समाधान गरिदिनु हुन्छ भनेर ।’

त्यसैगरी, उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले जिल्ला स्तरमा आफूहरूको मागका सम्वन्धनमा पटक पटक छलफल भए पनि माग पूरा नभएको हुँदा काठमाडौं आएर धर्ना बस्नु परेको बाध्यता सुनाए । ‘मन्त्रीज्यूले नै उखु किसानहरूले पाउनुपर्ने भुक्तानी मिल मालिकहरूबाट दिलाई दिने लिखित प्रतिबद्धता जनाउँने भएपछि हामीहरू खुसी छौं, अब घर फर्किन्छौं’ उखु किसानले भने ।

सम्बन्धित समाचार