मौसम पूर्वानुमानः अधिकांश स्थानमा वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावका कारण शनिवार पनि देशभरमा मौसम बदली रहने जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अधिकांश स्थानमा दिउँसो र साँझसम्म पानी पर्नेछ । अहिले पनि देशका अधिकांश स्थानमा पानी परिरहेको छ। पश्चिमका केही स्थानमा वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

काठमाडौं उपत्यकासहित मध्य क्षेत्रका केही स्थानमा हल्का पानी परिरहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । वर्षा र हिमपातका कारण अत्यधिक चिसो बढेकाले सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



पश्चिमी वायुको असरका कारण आइतवारसम्मै मौसम बदली हुने महाशाखाले जनाएको छ। आइवार साँझदेखि मौसममा क्रमिक सुधार हुने मौसमविद मानन्धरले बताइन्।

सम्बन्धित समाचार