परिवर्तनका नायकहरुलाई बदनाम गर्न पुराना शक्तिहरु लागेका छन्: प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएर नयाँ संविधान बनेको धेरैलाई मन नपरेको उनले बताएका छन् । ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा गयौँ । संविधान बनायौँ, तीन तहको निर्वाचन गर्‍यौँ । सबै संरचना नयाँ छ । यो अलि गुणात्मक छ, एकथरीलाई भने यो मन परेको छैन् । हिजो एकथरी राज गरेकाहरुलाई यो मन पर्दैन । उनीहरु कस्तो राम्रो व्यक्तिगत वर्गको वैभव जस्तो थियो त्यो सबै खोसिदा त मन पर्दैन नी’, प्रचण्डले भने ।

गणतन्त्र ल्याउन भूमिका खेल्नेहरूलाई बदनाम गराउन पुराना शक्ति लागिपरेको आरोप प्रचण्डको थियो । संघीय गणतान्त्रिक व्यवस्थामा विगतमा राज्यसत्ता खोसिएकाहरू अभ्यस्त हुन नसकेर वर्तमान व्यवस्थाविरुद्ध लागेको उनले बताए ।



‘परिवर्तनका नायकहरूलाई के गरी बदनाम गर्न सकिन्छ रु परिवर्तनका नायकहरूलाई के गरी मनोवैज्ञानिक रूपले दबाब दिन सकिन्छ या अन्य तरिकाले भन्ने पनि उनीहरू सोचिराख्छन्,’ प्रचण्डले भने, ‘सोचिमात्रै राख्दैनन्, त्यो उल्ट्याउनका निम्ति उनीहरू हातखुट्टा फालि पनि राख्छन्। यस्ता कुरामा सबै सचेत हुनुपर्छ।’

सम्बन्धित समाचार