सभामुखको टुंगो लगाउन नेकपा सचिवालय बैठक बस्दै

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकले पुस २३ का लागि तय भएको नेकपाको केन्द्रीय कमिटी बैठक र सभामुख चयनका बारेमा छलफल गर्ने मुख्य एजेण्डा रहेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।



सत्तारुढ नेकपाले सभामुखका विषयमा टुंगो लगाउन नसक्दा संसद बैठक सरेको सर्‍यै छ। त्यस्तै नेकपाले केन्द्रीय कमिटी पनि सार्ने बुझिएको छ। सभामुख कृष्णबहादुर महरा यौन काण्डमा जेलमा परेपछि लामो समयदेखि प्रतिनिधिसभा सभामुखविहीन छ।

सम्बन्धित समाचार