न्याय परिषद् सदस्यमा निराला सर्वसम्मत अनुमोदित

संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यका लागि सिफारिस भएका लक्ष्मीबहादुर निरालालाई सर्वसम्मत अनुमोदन गरेको छ ।

समितिले आइतबार निरालाको संसदीय सुनुवाइ गरी सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले क्षमता र अनुभवका आधारमा योग्य देखिएको हुँदा निराला सर्वसम्मतिले अनुमोदन भएको जानकारी दिए ।



समितिले आज उनीविरुद्ध परेका उजुरीको सुनुवाइ गर्ने तय गरेको थियो तर उनीविरुद्ध कुनै पनि उजुरी नपरेपछि आजै सुनुवाइ भएको हो । निरालाविरुद्ध उजुरी दिनका लागि समितिले १० दिनको म्याद दिएको थियो। यही पुस ३ गते मन्त्रिपरिषद्को बैठकले उनलाई परिषद् सदस्यका लागि सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार