देउवाले पार्टीभित्र जमिन्दारी प्रथा चलाउन खोजेः नेता सिटौला

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवाले बहुमतको दम्भमा पार्टीभित्र जमिन्दारी प्रथा चलाउँन खोजेको आरोप लगाएका छन् । सभापति देउवाले विधान लत्याउँदै अगाडि बढेका कारण पार्टीभित्र सहमति र सहकार्यको लागी अवरोध सिर्जना भएको उनले बताए ।

देउवालाई लक्षित गर्दै सिटौलाले प्रश्न गरे, ‘हिजो गिरिजाप्रसाद कोइराला र सुशील कोइराला सभापति र रामचन्द्र पौडेल कार्यबाहक सभापति हुँदा तपाईलाई सहमतिमै राखेर महाधिवेशन घोषणा गरेको हैन ? अहिले तपाई सभापति हुँदा सहमतिबाट महाधिवेशनको कार्यतालिका बनाउन कस्ले रोक्यो ? तपाई को हो पार्टीभित्र जमिन्दारी प्रथा चलाउन खोज्ने ?



जीपी फाउण्डेशन प्रदेश–१ ले धनकुटाको मौनाबुदुकमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले सभापतिको कुर्सीमा बसेर गुट र गिरोहको मात्रै सभापति नहुन देउवालाई चेतावनि समेत दिए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले कम्युनिस्टहरुसँग लड्नुपर्ने समयमा सभापतिकै कारण कांग्रेस आन्तरिक झगडामा फसेको बताए । डा कोइरालाले सभापति कांग्रेसको घरमुली भएको बताउँदै घरभित्रको फरक विचार र असन्तुष्टिको सम्बोधन गरेर सबैलाई सँगै हिडाउने काम देउवाकै भएको बताए ।

सम्बन्धित समाचार