मधेस आन्दोलनका बेला प्रदेश २ मा मधेसकेन्द्रीत राजनीतिक दलहरुको तारो तत्कालीन एमाले थियो । त्यही एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपाको जनकपुरस्थित कार्यालयमा आइतवार अभूतपूर्व जमघट देखियो ।
नेकपा कार्यालयमा राष्ट्रिय जनता पार्टी (राजपा)का नेता कार्यकर्ता झन्डा बोकेर पुगे, आपसमा अङ्कमाल गरे । चुनावी गठबन्धन सफल बनाएर छाड्ने उद्घोष गरे । केन्द्रमा राष्ट्रिय सभा निर्वाचनका लागि तालमेलको घोषणा हुनअघिसम्म नेकपा र राजपाबीच यस्तो सौदार्द दृश्य देखिएला भन्ने यहाँ कल्पनासमेत गरिएको थिएन ।
यी दुई दल यसअघि सधैँ प्रतिस्पर्धीका रुपमा थिए । प्रदेशमा पनि राजपा सत्तारुढ हो भने नेकपा प्रतिपक्ष भनेर कान्तिपुर दैनिकमा समाचार छ ।