राष्ट्रियसभा निर्वाचनका लागि ६ दलबाट ४५ जनाकाे उम्मेदवारी

राष्ट्रियसभामा रिक्त १८ सांसद पदमा ४५ जनाको उम्मेदवारी परेको छ । आगामी माघ ९ गते हुने चुनावका लागि ६ दल ( नेकपा, कांग्रेस, समाजवादी, राजपा, नेमकिपा र राष्ट्रिय जनमोर्चा ) बाट ४५ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रियसभाको आगामी निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य सातजना निर्वाचित हुनेछन् । जसका लागि महिलातर्फ १६, दलिततर्फ ५, अपांगता भएको व्यक्ति वा अल्पसंख्यकतर्फ ५ र अन्यतर्फ १९ जनाको उम्मेदवारी परेको हाे ।



पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यहरूमा सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्र लाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली रहेका छन् ।
फागुन २० मा दुई वर्षे कार्यकाल पूरा गर्नेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नौ, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एकजना छन् सदस्य रहेका छन् ।

राष्ट्रियसभा सदस्यका लागि ७ सय ५३ स्थानीय तहका प्रमुख उपप्रमुख गरी १ हजार ५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० सांसद मतदाता रहेका छन्।

सम्बन्धित समाचार