आराम गर्न भन्दै जनताको घरमा बास बस्न पुगे प्रचण्ड

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनताको घरमा बास बस्न सिन्धुपाल्चोक पुगेका छन् ।सोमवार परिवारका सदस्य र सहयोगीहरू बोकेर उनि सिन्धुपाल्चोकको कदमबासमा पुगेका हुन् ।

प्रचण्ड आराम गर्न भन्दै सिन्धुपाल्चोक पुगेको बताइएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-९ स्थित कदमबासमा पुगेका हुन्। प्रचण्ड कदमबासस्थित एकजना कार्यकर्ताको घरमा बस्ने कार्यक्रम रहेको बताइएको छ ।



कुनै खास काम नभएको आराम गर्न र जनतासँग नजिक हुन त्यहाँ पुगेको बताइएको छ । यसअघि पनि प्रचण्ड तनाव छल्न भन्दै सिन्धुपाल्चोक जाने गरेका थिए । उनले यसअघि तनाव छल्ने ठाउँका रुपमा सिन्धुपाल्चोककै सुकुटेस्थित रिसोर्टलाई प्रयोग गर्दै आएका थिए ।

यता पार्टीमा भने सभामुख चयन र प्रदेश ३ को राजधानी चयनको बिषयले रडाको मच्चाएको बेला उनि भने आराम गर्न भन्दै सिन्धुपाल्चोक पुगेका छन् । यस्तो अवस्थामा उनि आराम गर्न भन्दै त्यहाँ पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सम्बन्धित समाचार