राजपाले बोलायो महाधिवेशन तयारी समिति बैठक, राजेन्द्र महतोलाई यस्तो जिम्मेवारी

राजपा नेपालको अध्यक्षमण्डल बैठकले पार्टीको महाधिवेशन तयारी समितिको बैठक बोलाएको छ । सोमवार बसेको अध्यक्षमण्डलको बैठकले महाधिवेशन तयारी समितिको २५ पुसमा जनकपुरमा र तदर्थ समिति निर्माणमा खटिएका पर्यवेक्षकहरूको बैठक २६ पुसमा बोलाएको हो ।

अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरको नेतृत्वमा राजपा पदाधिकारी बैठकले गत वैशाखमा महाधिवेशन तयारी समिति गठन गरेको थियो । जसमा सबै केन्द्रीय सदस्य छन् । अहिलेसम्म महाधिवेशन तयारी समितिको बैठक बस्न सकेको थिएन ।



राजपाले यसअघि दुईपटक महाधिवेशनको मिति घोषणा गरेको थियो । तर, महाधिवेशन गर्न सकेको छैन । शुक्रवार जनकपुरमा बस्ने महाधिवेशन तयारी समितिले मिति र ठाउँबारे निर्णय गर्न सक्ने जनाएको छ । त्यस्तै, राजपा अध्यक्षमण्डलको बैठकले राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउने गरी तयारी गर्ने जिम्मा संयोजक राजेन्द्र महतोलाई दिएको छ ।

जसमा अध्यक्षमण्डलका नेताहरू र राष्ट्रिय सभा निर्वाचनका दुवै उम्मेदवार सहभागी छन् । यसैगरी प्रदेशस्तरमा प्रादेशिक संसदीय दलका नेता जितेन्द्र सोनलको नेतृत्वमा तयारी समिति गठन गरेको छ ।

सम्बन्धित समाचार