नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्न अष्ट्रेलिया पुगेका पर्यटन मन्त्री योगेश भट्टराईले नेतृत्व गरेको र्यालीलाई सिड्नी सुरक्षाकर्मीले रोकेको छ। बिना अनुमति र्याली निकालेर भ्रमण वर्षको प्रचार गरेको भन्दै स्थानीय सुरक्षाकर्मीले पर्यटनमन्त्री भट्टराईसहितको टोलीलाई रोकेको हो ।
सहभागीहरूको समूहले फुटपाथमा हिँड्ने पैदल यात्रीलाई बाधा पार्ने देखिएपछि प्रहरीले रोकेको बुझिएको छ । र्यालीमा मन्त्री भट्टराई, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, गैर आवासीय नेपाली संघका पदाधिकारी लगायतका सहभागीहरू थिए ।
अन्तर्राष्ट्रियस्तरमा नै भ्रमण वर्ष २०२० प्रचार गर्ने भन्दै पर्यटनमन्त्री भट्टराई केही दिन अगाडि अस्ट्रेलिया पुगेका थिए ।