समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले ललितपुरस्थित नख्खु खोलाको जग्गा आफूले कब्जा नगरेको दाबी गरेका छन् । अध्यक्ष यादव र कांग्रेस नेतृ चित्रालेखा यादवले जग्गा कब्जा गरेको समाचार मंगलबार सार्वजनिक भएपछि यस्तो धारणा आएको हो ।
नख्खु खोला बग्ने ठाउँ नै अन्यत्र सार्ने निर्णय मन्त्रिपरिषद्बाट गरेर हजार रोपनी जग्गा अतिक्रमण गर्नेमा समाजवादीका अध्यक्ष उपेन्द्र यादव, पूर्व शिक्षामन्त्री चित्रलेखा यादव, व्यापारी राजेशबाबु श्रेष्ठलगायतका भीभीअइपीहरुले कब्जा गरेको खुलेको थियो । यादवले यस्तो समाचारमा कुनै सत्यता नरहेको जिकिर गर्दै उक्त जग्गा कब्जाको मामिलामा पनि आफ्नो संलग्नतालाई इन्कार गरेका हुन् ।
‘उक्त समाचार कुनै राजनीतिक स्वार्थबाट प्रेरित भइ लेखिएको हो’, यादवले भनेका छन्, ‘उक्त निराधार समाचार मविरुद्ध भ्रम फैल्याउने र बदनाम गर्ने नियतले लेखिएको हो ।’ उपेन्द्र र चित्रलेखा यादवद्वारा नै नख्खुखोलाको जग्गा कब्जा कुनै पनि समाचारमा सत्यताको जाँच हुनुपर्ने जिकिर गर्दै यादवले आफूलाई जोडेर आएको समाचार पूरै झुटो रहेको बताएका छन् ।
केही साताअघि मात्रै उपप्रधान तथा कानुन मन्त्रालयबाट बाहिरिएका यादवले जग्गा कब्जा गरेको समाचारसँगै विवादमा तानिएका छन् । कब्जा गरिएको भनिएको नख्खु खोला बगिरहेको ठाउँमा धमाधम जग्गा प्लानिङ भइरहेको छ । नक्कली नख्खु खोलामा छिटो ढल हाल्न पनि उनीहरुले दबाब दिइरहेको समाचार मंगलवबर छापिएको थियो ।