आज चन्द्र ग्रहण, कुन राशिलाई कस्तो प्रभाव ?

सन् २०२० को पहिलो चन्द्रग्रहण आज लाग्दैछ । सन् २०२० मा चार वटा चन्द्र ग्रहणहरु लाग्दैछन् । जसमध्ये आज लाग्ने ग्रहण पहिलो चन्द्र ग्रहण हो । आज राति १० बजेर ५२ मिनेटदेखि प्रारम्भ हुने चन्द्र ग्रहण राति २ः५७ बजेसम्म ४ घण्टा ५ मिनेटसम्म चल्नेछ ।

यसपटकको चन्द्र ग्रहण नेपालसँगै भारत, एशिया, यूरोप, अफ्रिका तथा अष्ट्रेलिया महाद्वीपहरुका थुप्रै देशहरुबाट देख्न सकिनेछ । २०२० मा लाग्ने अन्य ग्रहण ५ जुन, ५ जुलाई र ३० नोभेम्बरमा पनि लाग्ने छन् । यो पटक चन्द्र ग्रहणका क्रममा चन्द्र मिथुन राशिमा बस्नेछ ।



ज्योतिषका अनुसार जुन राशिमा ग्रहण लाग्छ त्यस राशिमा सबैभन्दा बढी प्रभाव पर्ने गर्दछ। यस ग्रहणमा मिथुन राशिले विशेष ध्यान दिन आवश्यक हुने ज्योतिषले बताएका छन् ।

यसपटकको चन्द्र ग्रहण उपछायाँ ग्रहण हुनेछ । जसमा चन्द्रमा पूर्ण रुपमा लुक्ने छैन, न त चन्द्रमाको कालो छायाँ पृथ्वीमाथि पर्नेछ । आंशिक छायाँ चन्द्रमा ग्रहण पूर्ण र आंशिक चन्द्र ग्रहणभन्दा पनि कमजोर हुनेछ । त्यसैले यसलाई स्पष्ट रुपमा देख्न सकिँदैन ।

यो चन्द्र ग्रहणमा कुम्भ, तुला, मीन, कर्कटले शुभ फल प्राप्त गर्नेछन् । मेष, कन्या, मिथुन र सिंहले मध्यम फल पाउनेछन् भने मकर, वृश्चिक, वृष, धनुले अशुभ फल प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचार