यस्तो छ, आजको मौसम पूर्वानुमान

आज (शनिवार) नेपाली आकाशमा कुनै मौसमी प्रणाली नभएकाले देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केहि जिल्लामा बिहानै देखिएको हुस्सु तथा कुहिरो पनि क्रमश: घटेर जाने महाशाखाले जनाएको छ ।

दिउँसोको समयमा मौसममा आंशिक बदली भइ केहि ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।



यही बदलीका कारण उच्च पहाडी जिल्ला तथा हिमाली जिल्लामा सामान्य हिमपातको सम्भावना पनि रहेको पौडेलले बताए ।

आइतवार र सोमवार भने देशभर मौसम सामान्यतया सफा रहनेछ ।

सम्बन्धित समाचार