देशको भूभाग रक्षा र नेपालीको समृद्धिका लागि गहकिलो प्रयास हुनुपर्दछ–पूर्व राजा ज्ञानेन्द्र

पूर्व राजा ज्ञानेन्द्र शाहले देशको सबै भूभागको रक्षा तथा समग्र नेपालीको समृद्धिका लागि गहकिलो प्रयास हुनुपर्ने बताएका छन् । २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर एक शुभकामना सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाल सदा स्वतन्त्र, शान्त, अविभाज्य र अखण्ड रहनु पर्ने बताएका छन् ।

‘हाम्रा पुर्खाको पौरखले जोडिएको, जगेर्ना गरिएको हिमाल, पहाड, तराई मिलेर बनेको हाम्रो यो प्यारो मातृभूमि नेपाल सदा स्वतन्त्र, शान्त, अविभाज्य र अखण्ड रहनु पर्दछ’ विज्ञप्तिमा भनिएको छ,‘देशका सबै भूभागको रक्षा तथा समग्र नेपालबासीको समृद्धिका लागि गहकिलो प्रयास हुनै पर्दछ ।’



पूर्व राजा शाहाले माटोको सम्मानमा बोल्ने नहुने, राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पर्ने एवं मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पर्ने प्रयास कतैबाट पनि हुन नहुने जनाएका छन् ।

‘सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन’ उनले विज्ञप्तिमा भनेका छन् । पूर्व राजा शाहले पृथ्वी नारायण शाहका दिव्य उपदेशहरु आधुनिक नेपाल अधिराज्य निर्माणको प्रकृयामा आज पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक रहेको बताएका छन् ।

सम्बन्धित समाचार