अबैध यौन धन्दा गरेको आरोपमा होटलबाटै पक्राउ परे यी दुई अभिनेत्री

अबैध यौन धन्दा गरेको आरोपमा दुई अभिनेत्री पक्राउ परेका छन् । पक्राउ पर्नेमा बलिउड अभिनेत्री अमृता धनोआ र स्ट्रगलिङ अभिनेत्री ऋचा सिंह रहेका छन् । उनीहरुलाई मुम्बइ पुलिसले छापा मार्ने क्रममा मुम्बइको फाइभ स्टार होटलबाट पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

उनीहरुलाई अवैध यौनधन्दाको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारतीय प्रहरीले अवैध यौनधन्दा चलिरहेको सूचनाका आधारमा होटलमा छापा मारी उनीहरुलाई पक्राउ गरेको हो ।



प्रहरीले नक्कली ग्राहक बनेर होटलमा पुगेपछि उनीहरुको कर्तुत थाहा भएको थियो । त्यसपछि छापा हालेर उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार