प्रदेश ३ को स्थायी राजधानी हेटौंडा कायम

प्रदेश ३ स्थायी राजधानी मकवानपुरको हेटौंडा कायम भएको छ । आज बिहान बसेको प्रदेश नं ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो ।

सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०८ प्रदेशसभा सदस्यमध्ये १०५ जनाले प्रस्तावको पक्षमा मतदान गरेका थियो भने विपक्षमा ३ मत परेको थियो । प्रदेशको नाम वागमती राख्न सहमत भएको विवेकशील साझा पार्टीले भने स्थायी राजधानी काभ्रेको धुलिखेल प्रस्ताव गरेको थियो । तर धुलिखेललाई राजधानी बनाउने प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको छ ।



यसअघि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले नाम र राजधानीबारे निर्णय गरेको थियो । त्यहीँ निर्णयलाई प्रदेशसभा संसदीय दलले सदर गर्दै प्रदेशसभामा पेस गरेको थियो ।

हेटौंडालाई प्रदेशको राजधानी बनाउने प्रस्तावको पक्षमा सत्तारूढ नेकपा, प्रमुख प्रतिपक्ष कांग्रेस, राप्रपा, राप्रपा संयुक्तले मत दिएका थिए ।

सम्बन्धित समाचार