नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ पुष ।
प्रतिनिधि सभाको आजका लागि तय भएको बैठक माघ ६ गतेसम्मका लागि स्थगित भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सभामुखको लागि कुरा नमिलेपछि प्रतिनिधि सभाको बैठक फेरि सूचना टाँस गरेर माघ ६ गतेसम्मका लागि स्थगित गरिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानैदेखि शीर्ष नेताहरुबीच छलफल भएको थियो । उक्त छलफलमा उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि सहभागी थिइन् । छलफलमा कुनै सहमति नजुट्दा बैठक ८ दिनका लागि स्थगित गरिएको हो ।
यसअघि, शनिबार बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाम्फेलाई पदबाट राजीनामा दिन र सभामुख निर्वाचनको बाटो खोल्न भनेको थियो । तर नेकपाले निर्देशन दिएपनि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजनीनामा दिन अस्वीकार गरेकी थिइन् ।