गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी, कारागार व्यवस्थापन विभागका निर्देश र प्रमुख अध्यागन अधिकृत परिवर्तन गरेको छ । आइतवार मन्त्रिस्तरीय निर्णय गर्दै कपिलवस्तु, रौतहट, सोलुखुम्बुका प्रजिअ र रुपन्देहीका सहायक प्रजिअ परिवर्तन गरेको हो ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठलाई कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको छ । उनलको ठाउँमा प्रमुख अध्यागमन अधिकृत दीर्घनारायण पौडेललाई पठाइएको छ । यस्तै, कारागार विभागका निर्देशक वासुदेव घिमिरेलाई रौतहटको प्रजिअको जिम्मेवारी दिइएको छ। काठमाडौंको कायममुकायम प्रजिअ किरण थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय तानिएको छ ।
गृहमा कार्यरत उपसचिव रमा आचार्यले सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ। सोलुखुम्बुका यसअघिका प्रजिअ वेदनिधि खनाललाई भने रुपन्देहीको सहायक प्रजिअको जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ।