नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ पुष ।
रोजगारीका लागि विदेश पठाइदिने भन्दै ठगी गर्ने शिवानन्द स्वामी भन्ने दिपक भण्डारी पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले स्वामीलाई सोमवार काठमाडौंबाट पक्राउ गरेको हो।
उनले विभिन्न ब्यात्तिहरुबाट विदेश पठाइदिने भन्दै १७ लाख रुपैयाँ लिएको आरोप लागेको छ । पीडितले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
शिवानन्दले काठमाडौँका विभिन्न ठाउँमा योग शिविर चलाउँदै आएका छन् ।