दुर्घटना न्यूनिकरण गर्न टिपर चालकले खाए सपथ

सडक दुर्घटना न्यूनिकरण गर्नका लागि टिपर चालकहरूले सपथ खाएका छन्। सोमबार काभ्रेमा करिब ५० जना टिपर चालकहरूले दुर्घटना न्यूनिकरण गर्न विश्वकर्मा बाबाको नाममा सपथ लिएका हुन्।

उनीहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक विशाल लामाले सपथ गराएका हुन् । सोमबार र मंगलबार गरी करिब एक हजार टिपर चालकलाई सपथ खुवाउने कार्यक्रम रहेको बनेपा ट्राफिक कार्यालयका प्रमुख इन्स्पेक्टर तामाङले जानकारी दिए।



टिपर चालकहरूले मादक पदार्थ सेवन गरेर गाडी नचलाउने, ट्राफिक नियमको पालना गर्ने, गाडीमा संगितको उफर तथा झलर र सिसामा स्टिकर नराख्ने, बस्ती क्षेत्रमा प्रेवेश हर्न नबजाउने, जथाभावी ओभरटेक तथा पार्र्किङ्ग नगर्ने, पानी चुहाएर सामान ढुवानी नगर्ने, अभोरलोड सामान नबोक्ने, गाडी चलाउनु अगाडी गाडीको चेक जाँच गर्ने, क्याविन र ढालामा यात्रू नरादख्ने, तिब्र गतिमा गाडी नचलाउने, गाडी चलाउँदा मोवाईल फोन प्रयोग नगर्ने, आकस्मिक सेवाका साधन तथा पैदल यात्रुलाईलाई प्राथमिकता दिने, गाडीको कागज पत्र सधै साथमा राख्ने र भिजिन नेपाल २०२० को प्रचार प्रसारको लागि गाडीमा स्टिकर टाँस्ने भन्दै सपथ गरेका हुन् ।

सम्बन्धित समाचार