नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ पुष ।
ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र ओम्नी मोटर्स प्रा. लि. बीच व्यापार सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौताअनुसार ओम्नी मोटर्समार्फत सिफारिस भई आएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरूबाट सहज र छरितो रूपमा ‘भारतबेञ्ज’ ब्राण्डका विभिन्न प्रकारका सवारी साधनहरूमा कर्जा सुविधा लिन सक्नेछन् ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र ओम्नी मोटर्स प्रा. लि. को तर्फबाट निर्देशक उदयन काब्राले हस्ताक्षर गरेका कुरा बैंकबाट जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।