विप्लव नेकपाका १६ कार्यकर्ता कारगार चलान

गएको कात्तिक २२ गते बाजुराको गौमुल गाउँपालिबाट पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका १६ जना कार्यकर्तालाई पुर्पक्षका लागि कारगार चलान गरिएको छ । बाजुरा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनीहरुलाई पुर्पक्षको लागि कारागार चलान गरेको हो ।

कारागार चलान हु्नेमा विप्लवका केन्द्रीय नेता चुडामणि पौडैल, राजेशकुमार शाही, नरेश शाही, डम्बर सुनार, दीपकप्रकाश सुनार, उदय कशेरा, अमललाल थापा, धर्मबहादुर थापा, डबलबहादुर नेपाली, धर्मसिंह बोहरा, कुश्मा विक, अस्मिता विक, सुस्मिता विक, कमला विक र सृष्टि सिंँह छन् ।



उनीहरुमध्ये ११ जना पुरुषलाई बाजुरा र ५ महिलालाई सोमवार नै अछाम कारागारमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार