राजनीतिक उपलब्धिको रक्षा कांग्रेसको मुख्य अभिभाराः महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले जनताका अधिकार कुण्ठित हुन सक्ने अवस्था आउन नदिन कांग्रेसकै सचेतता आवश्यक रहेको बताएका छन् । मनराशिशवा नगरपालिका–९ बथनाहामा कांग्रेस महोत्तरीले आयोजना गरेको पार्टीका महासमिति सदस्य ललनकुमार राय श्रद्धाञ्जलिसभामा महामन्त्री डा कोइरालाले प्राप्त राजनीतिक उपलब्धिको रक्षा कांग्रेसको मुख्य अभिभारा भएको बताए ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, कल्याण गुरुङ, रामकृष्ण यादव, सरिता प्रसाईँ, पार्टी महोत्तरीका सभापति महेन्द्रकुमार राय, पार्टी सिन्धुली सभापति उज्ज्वल बरालसहितका नेताले रायप्रति श्रद्धाञ्जलि व्यक्त गरे । राजपा नेपालका केन्द्रीय नेता सुनिलकुमार रोहित, मनराशिशवा नगरपालिकाका प्रमुख सञ्जयकुमार सिंहसहितका विभिन्न दलका नेता कार्यकर्ताले नेपालको प्रजातान्त्रिक आन्दोलनमा रायको योगदानको चर्चा गर्दै श्रद्धाञ्जलि व्यक्त गरे ।



पञ्चायतकालमा प्रजातन्त्र स्थापनाका लागि काँग्रेसमा आबद्ध भई लामो योगदान दिएका मनराशिशवा–१० का बासिन्दा ५७ वर्षीय रायको पुस २२ गते बर्दिवास–५ मा सडक दुर्घटनामा परी निधन भएको थियो । राय काँग्रेसका महासमिति सदस्य रहेका थिए ।

सम्बन्धित समाचार