माघीको उपलक्ष्यमा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

थारु समुदायको प्रमुख चाड माघी तथा नेपालको प्रायजसो सबै ठाउँमा मनाईने माघे संक्रान्तिको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सबैलाई प्रधानमन्त्रीले शुभकामना व्यक्त गरेका छन् । शुभकामनामा प्रधानमन्त्रीले हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक बताउँदै सुदृढ एकता र सहिष्णुताको पुँजीलाई देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।

शुभकामनामा उनले अगाडि भनेका छन्, “हाम्रो देशका हरेक जातिले मनाउने मौलिक पर्वहरु यहाँको प्राचीन संस्कृतिसँग मात्र होइन प्राकृतिक विज्ञानसँग पनि सम्बन्धित छ्न । यी पर्वहरुले हामीलाई परस्पर सहिष्णुता, सद्भाव र सदृढ एकतामा आबद्ध गरेका छन् ।”



सम्बन्धित समाचार