नेता पौडेल र भारतका रक्षामन्त्रीबीच दिल्लीमा भेटवार्ता

उपचारका लागि भारतको नयाँ दिल्ली पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । पौडेलले बुधबार सिंहसँग भेटघाट गरेको तस्बिर आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

फेसबुकमा तस्बिर राख्दै उनले लेखेका छन्, ‘भेटमा नेपाल(भारतबीचको सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको छ।’ नेता पौडेल गत सोमबार स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली गएका थिए ।



नेपालमा रक्तचापको जाँचको क्रममा एकै दिन फरक(फरक रिपोर्ट आएपछि उनी उपचारको लागि दिल्ली गएको बताइएको छ ।

सम्बन्धित समाचार