अझै टरेको छैन भूकम्पीय जोखिम, ८ रेक्टरभन्दा ठूलो भूकम्प जान सक्ने

गोरखाको बारपाक केन्द्र भई ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पपछिको पुनर्निर्माणको काम सम्पन्न भएको छैन । गोरखा भूकम्पपछि नेपालको भौगर्भिक अध्ययन तथा अनुसन्धान गरेका विज्ञले अझै ठूलो भूकम्पको जोखिम रहेको औंल्याएका छन् । गोरखाभन्दा पूर्व क्षेत्रमा असर पर्ने गरी ठूलो भूकम्प गए पनि पश्चिम नेपालमा कुनै असर पुगेको थिएन ।

भूकम्पीय जोखिम कायमै रहेकाले सचेत हुने विज्ञले सुझाएका छन् । फ्रान्सको पेरिसस्थित पीएसएल रिसर्च युनिभर्सिटीका प्राध्यापक शिव सुवेदी नेतृत्वको टोलीले लामो समय लगाएर गरेको भौगार्भिक अध्ययनले नेपालको पश्चिम क्षेत्रमा अझै ८ रेक्टरभन्दा ठूलो भूकम्प जान सक्ने निष्कर्ष निकालेको छ ।



१२ वैशाख २०७२ को भूकम्पको समयमा खानी तथा भूगर्भ विभागका तत्कालीन महानिर्देशन लोकविजय अधिकारी र सुर्खेतस्थित क्षेत्रीय भौगर्भिक अध्ययन केन्द्रका रत्नमणि गुप्ता सम्मिलित टोलीले अझै भूकम्पीय जोखिम अन्त्य नभएको निष्कर्ष निकालेका हुन् ।

यस्तै पीएसएल र्चि युनिभर्सिटीका हेलेन लियोन केन, आर्यजोन फ्रान्सका विशेषज्ञ लाउरेन्ट वोलिंगर, पेरिसकै इन्स्टिच्युट अफ फिजिक्स, द ग्लोब फ्रान्सका भरोन्क्वी फररा, इन्स्टिच्युट अफ अर्थ साइन्स, युनिभर्सिटी अफ लाउसान्ने स्विट्जरल्यान्डका ग्योगी हेनेन्वी र युनिभर्सिटी अफ स्ट्रस्वर्ग फ्रान्सका जेरोमी भेग्ने सम्मिलित विज्ञहरुले लामो समयदेखि नेपालको पश्चिम क्षेत्रको भौगर्भिक अध्ययन गरेका थिए ।

अध्ययनबाट नेपालको पश्चिम क्षेत्रमा अझै ठूलो भूकम्प जान सक्ने संकेत पाइएको अधिकारीले जानकारी दिए। यो समाचार राजधानी दैनिकमा छापिएको छ।

सम्बन्धित समाचार