बालुवाटारमा विप्लव समूहले झण्डा गाड्दैमा त्यो जग्गा विप्लवको कब्जामा नहुने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् । बुधबार साँझ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बालुवाटारस्थित ललिता निवासको ११५ रोपनी जग्गा कब्जाको घोषणा गरेको थियो ।
ललिता निवासको राष्ट्रियकरण भइसकेको जग्गा भूमाफियाको चलखेलमा व्यक्तिको नाममा पुगेको भन्दै आफूहरुले कब्जा गर्नुपरेको विप्लव नेतृत्वको नेकपाले दाबी गरेको थियो । ललिता निवासको जग्गा भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, भूमाफियाहरु शोभाकान्त ढकाल र रामकुमार सुवेदीसहितको मिलेमतोमा उच्च राजनीतिक तहका व्यक्तिले पनि आफ्नो नाममा पारेका थिए ।
राज्य संचालकहरुले सुवर्णशमशेर राणाको सन्तानबाट नक्कली मोही खडा गरी व्यक्तिको नाममा गरिएको विप्लव नेकपाले जनाएको छ।