स्ववियु निर्वाचनः पि.एन. क्याम्पसमा अनेरास्ववियुबाट सभापतिमा सन्तोष न्यौपानेको चर्चा

लामो समयपछी देशकै ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गतेका लागि स्ववियु निर्वाचनको मिति घोषणा गरेको छ । देशका धेरै कलेजहरुमा बिगत दस वर्षदेखी स्ववियु चुनाव हुन सकिरहेको छैन । घोषित मितिमा यसपटक पनि चुनाव हुने वा नहुने अन्योलता कायम रहेपनि उपत्यका लगायत देशका अधिकांश कलेजहरुमा विद्यार्थी संगठनका तर्फबाट आधिकारीक उम्मेद्वार बन्नको लागि नेताहरुकोमा धाउने र चाकरी गर्ने होडबाजी बढिरहेको छ।

दुई ठुला राजनितिक पार्टीहरु नेकपा एमाले र नेकपा माओवादीको एकीकरणपछि देशको प्रमुख राजनितिक शक्तिको रुपमा नेकपाको उदय भएको छ । माउ पार्टीबिचको एकीकरण पछि उनीहरुका विध्यार्थी संगठनहरुको पनि केही दिन अघि एकिकरणले पुर्णता पाएको छ । अहिले प्राय सबै जसो कलेजहरुमा अनेरास्ववियु र नेविसंघकै बिचमा कडा प्रतिस्पर्धा हुने र त्यसमा पनि अधिकांश कलेजहरुमा अनेरास्ववियुकै उम्मेद्वारले बाजि मार्ने आँकलन गरिन्छ ।



यसै सन्दर्भमा देशकै ठूलो कलेज पोखराको पृथ्वीनारायण क्याम्पसमा कुन संगठनले कसलाई उम्मेद्वार बनाउँला भन्ने विषयमा धेरैको ध्यान आकृष्ट भएको छ । अहिलेसम्मका स्ववियु निर्वाचनमा तत्कालिन नेकपा एमालेको विध्यार्थी संगठन अनेरास्ववियुका उम्मेदवारले नै बाजि मार्दै आएको ईतिहास कायमै छ।

तुल बहादुर गुरुङ,शोभियत ढकाल,स्वस्रविन्द्र अधिकारी,खगराज अधिकारी,राजिब पहारी,पदम गिरी,रश्मि आचार्य लगायत नेकपाका धेरै प्रभावशाली नेताहरु जन्माउन सफल अनेरास्ववियु पि।एन। क्याम्पस कमिटीको तर्फबाट स्ववियु सभापतिमा बिगत ७ वर्षदेखी विध्यार्थीका हक हितका लागि लढ्दै आएका विध्यार्थी नेता सन्तोष न्यौपानेलाई उम्मेद्वार बनाइनु पर्ने धेरै विद्यार्थीहरुको माग रहेको छ।

सरल,इमान्दार,मृदुभाषी र स्पष्ट बक्ताको रुपमा परिचय बनाएका न्यौपाने विद्यार्थीमाझ लोकप्रीय मानिन्छन । न्यौपानेलाई उम्मेद्वार बनाउँदा अत्याधिक मतान्तारले चुनाव जित्न सकिने स्थानिय नेताहरुको पनि बुझाइ रहेको पाइन्छ । चाकरी र चाप्लुसीमा विश्वास नराख्ने उनले संगठनले उमेदवार बनाउँदा विद्यार्थी र कलेजको सर्वाङिण बिकासको लागि आफू काम गर्न तयार रहेको बताउँछन ।

स्ववियु उमेद्वार हुनको लागि हर कुराले योग्य रहेको उनको दाबी छ। त्री बिले बिगत केही वर्षदेखि स्ववियु उमेदवारको लागि २८ वर्षे उमेर हदवन्दी लगाएको छ । अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसमा उक्त उमेर समुहमा न्यौपाने जत्तिको कृयाशिल र योगदान गरेको नेतानै नभएको विध्यार्थीहरुको बुझाइ छ । उनी आफुपनी स्ववियुको मर्म र भावना अनुसारको उम्मेद्वारलाई स्ववियुमा अगाडि सारी रचनात्मक र शैक्षिक मुद्धालाइ प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताउँछन ।

सभापतिमा उनकै व्यापक चर्चा भइरहंदा सत्ता र शक्तिकै आडमा अन्य टुरिष्ट उमेदवार वा सभापतिमै लड्नका निम्ति आफ्नो उमेर घाटाएर बसेका अन्य नेताहरुले टिकट पाउने हुन कि भन्ने डर विद्यार्थीमाझ रहेको बुझिन्छ । तर उनी भने आफुनै सभापती उमेदवार हुने र आफू नभइ अन्य आएमा पनि पार्टीकै कार्यकर्ता आउने र जो हुंदापनी अनेरास्ववियुलेनै चुनाव जित्ने कुरामा विश्वस्त देखिन्छन।

सम्बन्धित समाचार