गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

आउँदो गणतन्त्र दिवसको दिन अर्थात २०७७ जेठ १५ गतेदेखि सर्वसाधारणका लागि गणतन्त्र स्मारक खुला गरिने भएको छ ।

सरकारले स्मारक नारायणहिटी दरबार संग्राहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई हस्तान्तरण गरेपछि १२ औं गणतन्त्र दिवसको दिन सो स्मारक खुला गर्ने तयारी शुरु गरिएको हो ।



निर्माण सम्पन्न भएको ७ वर्षपछि हस्तान्तरण भएको स्मारकलाई व्यवस्थापन गर्न कम्तिमा पनि तीन महिना लाग्ने भएकाले सोही अनुसार तयारी शुरु भएको समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए ।

शहरी विकास तथा भवन निर्माण विभागले २०६९ चैतबाट गणतन्त्र स्मारक निर्माण गर्न शुरु गरेको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

सम्बन्धित समाचार