नक्कली नेपाली नोटसहित काठमाडौंबाट २ जना पक्राउ

नक्कली नेपाली नोटसहित प्रहरीले काठमाडौंबाट २ जनालाई पक्राउ गरेको छ ।

नेपाली रुपैयाँ १००० दरका ३१ थान नक्कली नोटसहित २ जनालाई काठमाडौंको कलंकीबाट पक्राउ गरिएको हो ।



पक्राउ पर्नेमा बाराको निजगढ घर भएका २७ वर्षीय अनुस थापामगर र सोही ठाउँका २२ वर्षीय रवि आलेमगर छन् ।

महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नक्कली नोटसहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार