दुई श्रीमतीले गरे श्रीमानको बाँडफाँड : ३ दिन जेठीसँग, ३ दिन कान्छीसँग, १ दिन छुट्टि !

भारतमा एक पुरुषको श्रीमती र प्रेमिका बीच बाँडफाँड भएको छ। हप्ताको ३ दिन श्रीमती र ३ दिन प्रेमिकासंग बस्ने गरी एक पुरुषको बाँडफाँड भएको हो ।

भारतको झारखण्डको राजधानी राँचीको सदर पुलिस थानामा एक पुरुषका श्रीमती र प्रेमिकाबीच बाँडफाँडको सहमति भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।



प्रेमिकाको चक्करमा श्रीमान घर आउनै छाडेपछि श्रीमतीले प्रेमिकासंग प्रहरीको उपस्थितिमा सहमति गरेको बताइएको छ। सहमति अनुसार अब ती पुरुष हप्ताको ३ दिन श्रीमतीसँग बस्नेछन् भने ३ दिन प्रेमिकासँग बस्नेछन्। हप्ताको एक दिन भने उनले छुट्टि पाउनेछन् ।

घटना शनिबारको हो। राजेश कुमार नाम गरेका पुरुषकी प्रेमिकाले प्रहरीमा प्रेमी पाँच दिन देखि आफ्नोमा नआएको उजुरी दिइन् । जसपश्चात प्रहरी पनि तनावमा पर्यो । राँचीको सदर पुलिस थानामा राजेश, उनकी प्रेमिका र श्रीमती जम्मा गराएर सम्झाउने क्रममा बाँडफाँडको सहमति भयो ।

भारतीय संचार माध्यमहरुका अनुसार राजेशले प्रेमिकासंग पनि विवाह गरेका थिए । विगत पाँच दिन देखि राजेश नयाँ श्रीमतीकोमा नगएपछि उनले प्रहरीका उजुरी दिएकी थिइन् । जुन सहमति सम्म पुग्यो ।

भएको सहमति अनुसार हप्ताको एक दिन राजेशलाई छुट्टि छ । त्यस दिन उनले चाहेको श्रीमतीसँग बस्न पाउनेछन् ।

सम्बन्धित समाचार