पश्चिमी वायु सक्रिय, आज पनि वर्षा र हिमपात

पश्चिमी वायु सक्रिय हुँदा आज पनि नेपालको मध्य र पश्चिमी भेगमा पानी र हिउँ पर्दैछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिन लगातार बर्षा गराएर केही निष्क्रिय बनेको पश्चिमी वायु आजदेखि फेरि सक्रिय हुँदैछ ।

मध्य र पश्चिम क्षेत्रमा पानी बर्षा र हिमपात हुने तथा देशभर नै आकाशमा बादल लागेर घाम छेकिनेछ। केही दिनदेखि तराईका भूभागमा लागेको कुहिरो आज पनि दिनभर नहट्ने तथा काठमाडौं उपत्यकासहित पूर्वी क्षेत्रमा दिउँसो १२ बजेदेखि बदली हुने विभागमा मौसमविद्हरुले जानकारी दिएका छन् ।



तराईमा लागेको हुस्सु र कुहिरो बेलुकीपख मात्रै हट्दै जाने महाशाखाकी मौसमविद मन्जु बासीले जानकारी दिइन् । राती भने पूर्वी र मध्य तराईका भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

सम्बन्धित समाचार