प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्षलाई भेट्न नेकपाका अर्का अध्यक्ष बालुवाटार पुगेका छन् । सभामुख निर्वाचन प्रक्रिया अघि बढाउनेबारे प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका हुन् ।
उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिएर अफ्यारोमा पार्ने डर प्रचण्डमा रहेको छ । त्यसबारे पनि छलफल गर्न प्रचण्ड बालुवाटार पुगेको स्रोतको दाबी छ ।
आइतबार नेकपा सचिवालय बैठकले नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने गरेको निर्णयअनुसार उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराएर सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेको हो ।