‘एमसीसी पारित गराउन पार्टीभित्र ह्विप लागु हुन्छ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता देवेन्द्र पौडेलले एमसीसी संसदबाट पारित हुने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बाल्दै नेता पौडेलले एमसीसीका विषयमा प्रधानमन्त्री केपीशर्मा ओलीको पनि सहमति भएकाले एमसीसी संसदबाट पास हुने बताए ।

एमसीसीमा प्रतिपक्ष दल कांग्रेसको पनि साथ रहेको भन्दै नेता पौडेलले एमसीसी लागु गर्नु पर्छ भन्ने विषयमा प्रधानमन्त्रीकोसमेत सहमति भएकाले पार्टीभित्र कसैले पास हुनुहुँदैन भने पनि पार्टीले ह्विप लागु गर्नसक्ने बताए ।



एमसीसीको बारेमा आफूले पनि अध्ययन गरेको बताउँदै उनले एमसीसीको कतिपय प्रावधानमा आफ्नो असहमति रहेको बताए । एमसीसीको विषयमा बहस हुनुपर्ने भन्दै उनले एमसीसी लागु भएका अन्य देशहरूमा गरिबी निवारण नभएकोले नेपालमा पनि यसबाट खासै प्रगति नहुने जिकिर गरे ।

नेता पौडेलले सभामुखमा उम्मेद्वारी दिएका अग्नि सापकोटा आकस्मिक र संयोगले योग्यहरूकाबीचबाट योग्य भएको बताए । उनले नेता सापकोटा विद्यार्थी कालदेखि नै सक्रिय नेता भएकाले अहिले पनि सबैलाई मिलाएर सहमतिका साथ अघि बढ्न सक्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचार