गण्डकी प्रदेशका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेका छन् ।मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै उनले कुटपिट गरेको जनाइएको छ ।
प्रतियोगिता उद्घाटन गर्न आएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वागत गर्ने तयारीमा रहेका अध्यक्ष गुरुङलाई मनाङेले झापड हानेका थिए ।
‘सांसद मनाङेले मनाङबाट आएका खेलाडीहरुले एक सातादेखि भत्ता दिनुपर्ने माग गरेका थिए । हामीले दिन सक्दैनौं भनेपछि हातपात गरे ।’, अध्यक्ष गुरुङले भने ।
मनाङबाट खेल्न आएका खेलाडीलाई खान तथा बस्नको लागि पैसा दिनु त परको कुरा खेल्ने ग्राउण्डसमेत नदिएको आरोप लगाउँदै मनाङले व्यवस्थापकलाई सम्झाउँदा समेत केही नलागेछि झापड दिएको बताए ।
मुख्यमन्त्री कप लेखनाथको भण्डारढिकमा मंगलबारदेखि शुरु भएको हो । मनाङको खेल बुधबवार शुरु हुनेछ । प्रतियोगितामा मनाङबाट डाँफे युवा क्लबले सहभागिता जनाएको छ ।