पर्यटन बोर्डको सिइओ छनोट सिफारिसमा यतीका सल्लाहकार नपरेपछि प्रधानमन्त्री कार्यालयले छनोट प्रक्रिया रोकिदिएको छ। सिइओ छनोट उपसमितिले यती समूहका सल्लाहकार बच्चुनारायण श्रेष्ठलाई सिफारिस नगरेपछि प्रधानमन्त्री कार्यालयले हस्तक्षेप गरेका हो ।
श्रेष्ठ दुई महिनाअघि प्रधानमन्त्री कार्यालयकै सिफारिसमा ‘भिजिट नेपाल २०२०’को सचिवालय सदस्यसचिवमा नियुक्त भएका थिए । बोर्डको नियमावली ०५५ बमोजिम छनोट उपसमितिले प्रतिस्पर्धीमध्येबाट तीनजनाको नाम सिफारिस गरेर सञ्चालक समितिमा निर्णयका लागि पेस गरिसकेको छ ।
धनञ्जय रेग्मी, हिक्मत सिंह ऐर र दीपक बस्ताकोटीको नाम सिफासिरसमा परेको छ। तर, श्रेष्ठको नाम नपरेपछि प्रधानमन्त्री कार्यालयबाट हस्तक्षेप भएको हो ।