जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ । आगामी तीन दिनको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले आज मुलुकका पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहने तथा तराईमा हुस्सु र कुहिरोको सम्भावना रहने जनाएको हो ।
हाल देशका तराई भू-भागहरुमा हुस्सु/कुहिरो लागेको र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।
शुक्रवार देशको पुर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पाहाडी भू-भागमा आंशिक बादली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।